सलमान खानको नाममा सुटुक्क पौने करोड संकलन

सलमान खानको नाममा सुटुक्क पौने करोड संकलन

भारतीय अभिनेता सलमान खानको नाममा काठमाडौंको दरबारमार्गमा खोलिएको एउटा पसलका म्यानेजर झण्डै सत्तरी लाख रुपैयाँसहित पक्राउ परेका छन् । बिइङ ह्युम्यान नामको कपडा पसलका म्यानेजर स्रोत नखुलेको लाखौं रुपैयाँसहित समातिएका हुन् ।

उनको साथबाट ६९ लाख ५० हजार बरामद भएको बताइएको छ । दरबारमार्गस्थित बिइङ ह्युम्यान कपडा पसलका म्यानेजर हिरोसी खनाल उक्त रकमसहित आज पक्राउ परेका थिए ।

प्रहरीको संयुक्त विशेष टोलीले उक्त कपडा पसलमा चेकजाँच गर्दा स्रोत नखुलेको रकम भेटिएको थियो । अहिले उनलाई सम्पत्ति शुध्दिकरण अनुसन्धान विभाग,पुल्चोकमा पठाइएको छ ।

बिइङ ह्युमान फाउण्डेसन सलमान खानले सन् २००७ मा भारतको मुम्बईमा खोलेका हुन् । यो संस्था सामाजिक क्षेत्रमा सक्रिय छ ।

टिप्पणीहरू