दाङमा पनि खोप शुरु

दाङमा पनि खोप शुरु

दाङ जिल्लामा १८ वर्ष उमेर माथिका जिल्लावासीलाई कोभिडविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाउन थालेको छ । दाङका छ वटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन थालिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले आजबाट बिहीबारसम्म खोप कार्यक्रम सञ्चालन गर्ने बताएको छ । कोभिडविरुद्ध खोप लगाउन छुटेकाहरुले जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा खोप लगाउन सक्नेछन् ।

ती पालिकाका करिब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ । यसपटक खोप लगाएका उनीहरुलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १९ गतेसम्म लगाइने छ ।

टिप्पणीहरू