कहिले हाँस्ने पालो, कहिले रुने पालो

कहिले हाँस्ने पालो, कहिले रुने पालो

उतिबेला प्रधानसेनापतिलाई कुरा लगाएर अरुको रुवाबासी गराउनेहरू अहिले आफैँ तलमाथि हुने खतरामा छन् । केही महिनाअघि अवकाश पाएका प्रधानसेनापति पूर्णचन्द्र थापाको भित्री समूह (¥याम्प) टोलीमा थिए– रघु भण्डारी, अनन्त कार्की, प्रेम शाही र माधव थापा । उक्त कार्यकालमा जति पनि अफिसर तहका सेनाले सर्टिफिकेट, आर्थिक घोटालाजस्ता काण्ड व्यहोर्दै जागिर गुमाउनुप¥यो, ती काममा प्रधानसेनापतिलाई उकास्ने टोली यही हो भनिन्थ्यो ।

तर, यही टोलीका विरुद्ध द्रूतमार्ग (फास्टट्रयाक) मा भ्रष्टाचार गरेको भनी अख्तियार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । आफ्ना अफिसरविरुद्ध संगठनबाहिर उजुरी परेको कुरा सुनेर पनि वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले भने कुनै कारवाही अगाडि बढाएका छैनन् ।

तीमध्येका रघु भण्डारीले अवकाश पाए । लगत्तै पूर्णचन्द्रले एनसीसीमा जागिर लगाइदिए । अनन्त कार्की प्रतिरक्षा विश्वविद्यालयको प्रस्तावित नक्सा हेर्दैछन् । रघु र अनन्तको अफिस एकैतिर छ, त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारअगाडि ।

अनन्त कार्की इटहरीमा घर बनाउँदै छन् । प्रेम शाही सुर्खेतस्थित पश्चिम कमाण्डमा खटिएका छन् भने महासेनानी माधव थापा सुडान पुगेका छन् । यो टोलीले जर्नेल पंकज कार्कीलाई राजीनामा दिन्छु भन्दाभन्दै पनि बर्खास्त गरेरै छाड्यो । प्रयोगजंग राणाले पनि राजीनामा दिन्छु भनेका थिए, तर गलहत्याएरै छाडियो ।

प्रेम शाहीले त सिन्धुलीस्थित ९ बाहिनीका जर्नेल गणेश श्रेष्ठलाई महिनावारी ४०–५० लाख बढी बजेट पठाइदिन्थे । त्यहाँको कार्यकाल नसकिँदै छाउनीस्थित १७ बाहिनीमा कमाण्ड गर्न ल्याए । त्यहाँ कमाण्ड गर्दागर्दै नीतिमा लगेर राखे । नीति विभाग भनेको खरिदका कामहरूबाट अकुत रकम जोहो हुने ठाउँ हो ।

उता, महांकालस्थित मिलिटरी अस्पतालको करोडौंको सामान गायव भएको छ । ०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि ९१ वर्ष पुरानो ‘त्रिचन्द्र मिलिटरी हस्पिटल’ लाई भत्काएर त्यहाँ सुविधासम्पन्न ‘कम्प्लेक्स’ बनाइएको छ । गौरवसमशेर राणा प्रधानसेनापति हुँदा निर्माण थालिएको थियो ।

निर्माणक्रमका सामान भक्तपुरमा राखिएको थियो । पूर्व निर्धारित तला कटौती भएपछि तिनका निम्ति ल्याइएका सामान अहिले कता पुगे हिसाव छैन । त्यस्तै, सैनिक कल्याणकारी कोषमा बसेर रथी सागर केसीले सात–आठ करोड कमाएको चर्चा जंगी अड्डामा छ ।

टिप्पणीहरू