खच्चडको भरमा खाद्यान्न ढुवानी, बिरामीलाई समस्या

खच्चडको भरमा खाद्यान्न ढुवानी, बिरामीलाई समस्या

ग्रामीण सडकले समेत नछोएको म्याग्दीको गुर्जा गाउँमा अझै पनि खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । धवलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जामा सडक पुग्न नसक्दा त्यहाँका स्थानीय अझै पनि चर्को शुल्क तिरेर खाद्यान्न ढुवानी गराउन बाध्य छन् ।

सडकको सुविधा नपुग्दा स्थानीय बासिन्दाले खच्चड मार्फत् खाद्यान्नलगायत साम्रगी ढुवानी गरिरहेका छन् । दिनहुँ खाद्यान्नको मूल्य बढिरहँदा गुर्जाबासी थप मारमा परेका छन् । बजारमा चामल, नुन, तेललगायतको दैनिक उपभोग्य सामाग्री लगायतका खाद्यपदार्थ गाउँपालिकाको केन्द्र मुनादेखि चर्को शुल्क तिरेर खच्चडको भरमा ढुवानी गर्दा उनीहरुलाई दोब्बर मूल्य पर्न थालेको हो ।

खाद्यान्न मात्र नभई कमजोर आर्थिक अवस्था भएका परिवारमा कोही बिरामी भए भने स्थानीयवासीले डोको वा अन्य साधनबाट बोकेर ल्याउनुपर्ने समस्या झन् विकराल र पीडादायी रहेको गाउँलेहरु बताउँछन् ।

टिप्पणीहरू