टोकियोमा फरक क्षमताकाले देखाए मनमोहक ह्यान्ड ब्याले

टोकियोमा फरक क्षमताकाले देखाए मनमोहक ह्यान्ड ब्याले

२०२० टोकियो पाराओलम्पिक खेलकुद समापन भएको छ । समापन र हस्तान्तरण समारोहमा एक विशेष ह्यान्ड ब्याले प्रदर्शन गरिएको छ ।

फ्रेन्च कोरियोग्राफर साडेक वाफको नेतृत्वमा प्रदर्शित उक्त ह्यान्ड ब्यालेमा एक सय २८ जनाले सहभागिता जनाएका थिए । ह्विलचेयरमा बसेका उनीहरुले कोरियोग्राफर साडेकको तालसँग ताल मिलाए ।

प्रत्येक व्यक्तिले कालो शर्ट लगाएका थिए जसले तिनीहरूको हातको चाल–फोल्डिङ,अनफोल्डिङ, याक्स फरमेसन सबैलाई थप मनमोहक बनाएको थियो ।

सन् २०२४ पाराओलम्पिक खेल पेरिसमा आयोजना हुने भएको छ । त्यसैलाई उद्धृत गर्दै अन्त्यमा कलाकारहरूले हातले पेरिस र सन् २०२४ को प्रदर्शन गरेर टोकियो खेल मेलाको समापन गरेको भिडियो देखाइएको छ ।

उक्त भिडियो जर्मनीको डचवेलेले आफ्नो समाजिक सञ्जाल इन्स्टाग्राममा अन्तर्राष्ट्रिय अपांग दिवसको उपलक्ष्यमा राखेको हो ।

टिप्पणीहरू