बागमती काँग्रेसमा केसीलाई हराउन प्रधान र बानियाँ गठबन्धन

बागमती काँग्रेसमा केसीलाई हराउन प्रधान र बानियाँ गठबन्धन

नेपाली काँग्रेस बागमती प्रदेश समितिमा रामचन्द्र पौडेल पक्षबाट सभापतिको उम्मेदवार बनेका जगदीशनरसिंह केसीलाई पराजित गर्न शेरबहादुर देउवा पक्ष र कृष्ण सिटौला पक्ष मिलेको छ । त्रिपक्षीय स्पर्धामा कसैको पनि बहुमत नआएपछि फेरि हुन लागेको मतदानका क्रममा सिटौला पक्षका सभापति उम्मेदवार भीमसेनदास प्रधानले देउवा पक्षका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्नु भएको हो । त्यसो हुँदा हिजोको निर्वाचनमा ४८ प्रतिशत मत पाएका बानियाँलाई प्रधानपक्षको ९ प्रतिशत मत थपिने आँकलन छ । यसो हुँदा ५७ प्रतिशत मतका साथ बानियाँ निर्वाचित हुने अनुमान छ ।

केही बेरअघि गगन थापालाई भेटेर फर्किएका प्रधानले बानियाँसहित पत्रकार सम्मेलनमार्फत सहमतिको आधार खोज्न आफू उम्मेदवार नहुने भन्दै विज्ञप्ती प्रकाशन गर्नु भएको छ । हिजो भएको त्रिपक्षीय चुनावी स्पर्धामा बानियाँले ९९२ मत प्राप्त गरेका थिए । केसीले ८७२ मत पाउँदा प्रधानले १९७ मत हासिल गरेका थिए । आफ्ना काका ससुरा केसीलाई सभापतिमा जिताउन कस्सिएका गगन थापासहितका नेताहरुको प्रयत्न असफल हुने स्थिति बनेको जानकारहरु बताउँछन् ।

टिप्पणीहरू