एमाले र राप्रपाले सकाए,काँग्रेस भुमरीमा

एमाले र राप्रपाले सकाए,काँग्रेस भुमरीमा

प्रतिपक्षी दल एमालेले आफ्नो महाधिवेशन सकाएको छ । अध्यक्ष केपी शर्मा ओली पुनः निर्वाचित हुनुभएको छ ।

राप्रपाको महाधिवेशन आज सकिएको छ । झण्डै तीन दशकदेखि पूर्वपञ्चहरुको संगठनमा प्रभावशाली रहेका कमल थापालाई झापाका सांसद राजेन्द्र लिङ्देनले अप्रत्यासित रुपमा हराइदिएका छन् ।

यता नेपाली काँग्रेसले पनि आफ्नो महाधिवशेन आगामी साता गर्ने बताएको छ । आजसम्म प्रादेशिक अधिवेशन भइरहेका छन् । कतिपय जिल्लामा अधिवेशन हुन सकेको छैन । २ नम्बर प्रदेशमा पनि अधिवेशनको प्रक्रिया थालिएको छैन ।

अहिलेसम्म प्राप्त जिल्ला परिणामअनुसार सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको समूहलाई पार्टीभित्रैको विपक्षी गठबन्धनले टक्कर दिएको छ । काँग्रेसभित्र देउवा र कृष्ण सिटौला एकातिर देखिएका छन् ।

विपक्षी गठबन्धनमा वरिष्ठ नेता रामचन्द्र पौडेल,शेखर कोइराला, सशांक कोइराला,प्रकाशमान सिंह र सुजाताहरुको संलग्नता देखिन्छ । त्यसैले होला पछिल्ला दिनमा सिंह निवास चाक्सीबारी,ठमेलमा अलि धेरै भीड देखिन थालेको छ ।

सभापति देउवाको उमेर ७७ वर्ष पुगिसकेको छ । तर त्यहाँ ७० वा ७५ वर्षको प्रावधान छैन । यस्तो अवस्थामा पनि पुनः सभापतिमा बाजी मार्न देउवालाई डर भनेको विमलेन्द्र निधिको मात्रै रहेको बताइन्छ । निधि आफ्नै खेमाका मान्छे र टिमको भएकाले देउवाको भोट काट्ने अनुमान गरिएको छ ।

विपक्षी गठबन्धन देउवाको विकल्पमा कसलाई साझा उम्मेदवार बनाएर जाने भन्ने जोड घटाउमा व्यस्त देखिन्छ । ७० वर्षे उमेर प्रावधान एमालेमा लागु भएको विषयलाई उनीहरुले अनौपचारिक ढंगले उठाउने भएका छन् । आगामी फागुनमा ७० वर्ष उमेर पुग्ने भएकाले मंसिरमै महाधिवेशन गरेर ओलीले आफ्नो पोजिसन क्लियर बनाएको छ ।

सभापति देउवाको उमेर ७७ वर्ष पुगिसकेको छ । तर त्यहाँ ७० वा ७५ वर्षको प्रावधान छैन । यस्तो अवस्थामा पनि पुनः सभापतिमा बाजी मार्न देउवालाई डर भनेको विमलेन्द्र निधिको मात्रै रहेको बताइन्छ । निधि आफ्नै खेमाका मान्छे र टिमको भएकाले देउवाको भोट काट्ने अनुमान गरिएको छ ।

यता विपक्षी गठबन्धन प्रकाशमान या शेखर कोइरालाको हकमा सर्वसम्मत उम्मेदवार बनाएर जाने कि भन्ने निचोडमा पुग्न लागेको बताइन्छ । सँधै रामचन्द्र पौडेल अघि बढेकाले परिणाम सकारात्मक नआएको उनीहरुको भनाइ छ । ‘एउटै व्यक्तिलाई अघि सार्दा पुनः देउवाको हातमा नेतृत्व जान बेर लाग्दैन,चाक्सीबारी पुगेका एक जना नेताले जनआस्थालाई बताए ।

टिप्पणीहरू