राप्रपालाई विद्युतीय भोटिङ्ग मेशिनको डर

राप्रपालाई विद्युतीय भोटिङ्ग मेशिनको डर

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन पक्षधर पदाधिकारी हार्नुमा विद्युतीय मेशिनको कमाल भएको आरोप लागेको छ ।

तिनै विद्युतीय मेशिन गत साता एमाले महाधिवेशनमा प्रयोग गरिएको थियो । तर अहिले मेशिनकै प्रयोग गरेर राजेन्द्र पक्षधरहरुलाई पदाधिकारीमा हराइएको रहस्य खुलेको राप्रपाका केही नेता तथा कार्यकर्ताले बताए ।

‘यदि अध्यक्षमा पनि विद्युतीय भोटिङ्ग विधि अप्नाइएको भए कमल थापाले जित्थे । धवललाई पनि महामन्त्रीमा हराउँदा कसैले नपत्याउने भएपछि त्यो खालको धाँधली रचिएको हो,’ थापा बिरोधीहरुको दाबी छ । उनीहरुले पराजित अध्यक्ष थापाले धाँधली एक्सपर्टहरुको सहयोग लिए पनि जित्न नसकेको बताए । भृकुटीमण्डपमा विद्युतीय र प्रत्यक्ष गरी दुई खाले विधिबाट चुनाव गराइएको थियो अर्थात केही पदमा मतपत्र,केहीमा विद्युतीय प्रयोग । मतपत्रको प्रयोगका कारण अध्यक्षको परिणाम फरक परेको र अन्तिम नतिजा आउन ढिलाइ भएको उनको दावी छ ।

महाधिवेशनमा पार्टीको खर्च दुई करोड रपैयाँ भएको तर अनौपचारिक रुपमा थापाले मात्रै पाँच करोड रुपैयाँ खर्च गरेको बताइन्छ । निर्वाचित अध्यक्ष राजेन्द्रले २५ लाख मात्र खर्च गरेको समर्थकहरुको दाबी छ ।

उनीहरुले जनआस्थासँगको कुराकानीमा भने, ‘लिङ्देनले कार्यकर्तासँग चन्दा उठाएर जम्मा पारेका हुन् । थापाले व्यापारीसँग उठाएका थिए ।’

टिप्पणीहरू