महाधिवेशनपछि एमाले थप व्यवस्थित र चुस्त बनेको दाबी

महाधिवेशनपछि एमाले थप व्यवस्थित र चुस्त बनेको दाबी

प्रमुख प्रतिपक्षी दल एमालेको महाधिवेशनपछि निर्वाचित नेतृत्वले पदबहाली समेत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले शुक्रबार एमाले मुख्यालय, माइतीघरमा जिम्मेवारी सम्हालेका हुन् ।

पूर्वउपाध्यक्ष भीम रावलले उहाँसँग अध्यक्षमा आन्तरिक प्रतिस्पर्धा गर्नुभएको थियो । घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यहि विषय महाधिवेशनमा सबैभन्दा बढी पेचिलो बनेको थियो । तर अहिले पार्टीमा कुनै समस्या नभएको र थप एकीकृत र बलियो भएको नेताहरुले बताएका छन् ।

अध्यक्ष ओलीसँग निकै नजिक रहेका र विगतमा सल्लाहकारको भूमिकासमेत निभाएका एमाले नेताले भने, ‘बाहिर आएजस्तो भीम रावल कडा रुपमा प्रस्तुत भएका छैनन् । अध्यक्ष र रावलबीच बाहिर आए झैँ तिक्ततापूर्ण सम्बन्ध पनि छैन ।’

उनका अनुसार रावल र घनश्याम भुसाललाई देखाएर एमालेभित्रको विवादलाई उचाल्न खोज्नुमा कुनै तुक नदेखिएको उनी बताउँछन् । अरु राजनीतिक दल र केही बौध्दिक विश्लेषकहरुले जे जस्तो भने पनि जनताको विश्वास ओलीमाथि रहेको सबैले चुनावपछि थाहा पाउने ती नेताले बताए ।

महाधिवशेनपछिको अवस्थालाई विश्लेषण गर्दै ओली निकटस्थहरुले भनेका छन्, ‘प्रतिनिधिसभा विघटन गरेकोमा जनतालाई कुनै आपत्ति छैन । केही बौध्दिक दिवालियापन भएको विश्लेषकहरुले फैलाएको भ्रम मात्र हो । त्यसैले आउने चुनावमा अरुले सोचेको भन्दाबढी परिणाम एमालेको आउँछ ।’

“उनै नेताले भनेका छन्, ‘अब प्रचण्डले कहाँबाट चुनाव जित्ने ? अनि नेपाली काँग्रेसले किन माओवादीलाई समर्थन गर्ने ? काँग्रेसभित्र आफैँमा मारामार छ । माओवादीलाई मिसाएर उसले आफ्नो संगठन ध्वस्त बनाउँदैन ।’

त्यस्तो सम्भावनाको आधार के हो भनेर सोधिएको जिज्ञासामा उनले ओलीलाई ‘ह्विम क्रियट गर्न सक्ने मान्छे’ भनेका छन् । ओलीले राजनीतिक अवस्थालाई यु टर्न गराइदिन सक्ने भएकाले आगामी चुनावमा अरुले गरेको आकलनले हावा खाने दाबी गरिएको छ ।

उनै नेताले भनेका छन्, ‘अब प्रचण्डले कहाँबाट चुनाव जित्ने ? अनि नेपाली काँग्रेसले किन माओवादीलाई समर्थन गर्ने ? काँग्रेसभित्र आफैँमा मारामार छ । माओवादीलाई मिसाएर उसले आफ्नो संगठन ध्वस्त बनाउँदैन ।’

यता, वामपन्थी र अन्य बौध्दिक ‘मान्छे’ हरुले एमालेभित्र ओलीलाई निमिट्यान्न पार्न सके अरुलाई काँचै खान सकिने उद्देश्यले रावल र भुसालको विषयलाई उठाएको उनको भनाइ छ । तर, त्यसमा कुनै दम छैन । उहाँहरुले अध्यक्ष ओलीसँग समदूरीमा बसेर आफ्ना गतिविधि अगाडि बढाउनुभएको ओली निकट र प्रभावशाली एमालेजनको निचोड छ ।

उनीहरुले भनेका छन्, ‘अहिले यो मुलुकको आवश्यकता भनेको नै ओली हो । उहाँसँग ओल्टाइपल्टाइ गर्न सक्ने अद्भूत नेतृत्व क्षमता छ ।’ उहाँकै कारण महाधिवेशन सफल भएको भन्नेहरु पनि धेरै देखिएका छन् ।

‘अरु पार्टीमा ७० वर्षको हद छैन,दुई कार्यकालको व्यवस्था छैन । तर एमालेले लागु गरेकोे छ । अरुले एमालेको बिरोधको निम्ति मात्र ती कुरा उठाएका हुन्,काँग्रेस र माओवादीमा अझै केही दशक त्यो व्यवस्था लागु हुन सक्दैन,’ एमाले संस्थापन पक्षभित्रको पनि कोर टिमको निश्कर्ष हो यो ।

टिप्पणीहरू