जीप भीरबाट खसेर बेपत्ता

जीप भीरबाट खसेर बेपत्ता

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ स्थित पहलमान भीरबाट जीप खसेरबेपत्ता भएको छ । भर्खरै प्राप्त समाचारअनुसार साँझ आठ बजे भीरबाट बोलेरो खस्दा चालक घाइते भएका छन् ।

अन्दाजी ४० वर्षका घाइते सवारी चालक फेला परे पनि सवारी साधन भने फेला पर्न सकेको छैन । सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

चालकलाई प्रहरीले अचेत अवस्थामा दुर्घटनास्थलबाटै उद्दार गरेर उपचारको निम्ति जिल्ला अस्पताल फाप्लु पठाइएको डिएसपी कवित कटवालले जानकारी दिनुभएको छ । जीपमा कति यात्रु थिए भन्नेबारे खुल्न सकेको छैन ।

चालक बोल्न नसक्ने अवस्थामा भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू