मन्त्री आलेले राखेरै छाड्ने

मन्त्री आलेले राखेरै छाड्ने

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरको ऐतिहासिक जानकी मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाली कला र संस्कृतिमा मिथिला संस्कृतिको प्रभावको विश्लेषण गर्दै उहाँले जानकी विवाहोत्सव २०७८ को अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै जानकी मन्दिरलाई विश्व सम्पदासूचीमा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

‘सभ्यताको हिसाबले मिथिला सभ्यता धेरैमाथि छ । जानकी मन्दिर निकै पुरानो हो,’ मन्त्रीले भन्नुभयो, ‘म पर्यटन,संस्कृति तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले जतिसक्दो छिटो जानकी मन्दिरलाई विश्व सम्पदासूचीमा राख्नका लागि आफ्नो तर्फबाट भरपूर कोशिस गरेर जुनसुकै हालतमा पनि राख्न लाग्नेछु ।’

उहाँका अनुसार मिथिला सभ्यता हजारौं वर्ष पुरानो हो । उक्त सभ्यता कला, संस्कृति, संगीत, भेषभुषालगायत हरेक क्षेत्रमा धनी रहेको मन्त्रीले बताउनुभयो ।

टिप्पणीहरू