माननीयको कोषबाट क्रिकेट खेल

माननीयको कोषबाट क्रिकेट खेल

खेलमा राजनीतिको नियम लागू नभए पनि खेलमा राजनीति गर्नेहरुको चासो बढ्दै गएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले वीरगन्ज महानगरपालिका वडा नं. १९ वर्वाको चौरीमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेपछि यस्तो गफगाफ शुरु भएको हो ।

सो पार्टीको आयोजनामा प्रदेश नं.२ स्तरीय टि–ट्वेन्टी क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ । प्रतियोगिताको निम्ति आवश्यक सामाग्री सांसद रमेशप्रसाद कुर्मीले संसदीय कोषबाट उपलब्ध गराएका छन् ।

प्रतियोगितामा प्रदेश २ बाट छनौट भएका अम्बे च्याम्पियन,वर्वा क्रिकेट क्लबलगायत ४ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका विजेतालाई पार्टीद्वारा सम्मानित गर्नुका साथै जिन्सी उपहार दिने योजना रहेको सांसदका स्वकीय सचिव शेख फिरोजले बताउनु भएको छ ।

टिप्पणीहरू