ठमेलमा खुल्यो, आयरल्याण्डमा बन्द गरियो « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

ठमेलमा खुल्यो, आयरल्याण्डमा बन्द गरियो

प्रकाशित मिति :  १८ मंसिर २०७८, शनिबार १७:३०


झण्डै दुई वर्षदेखि बन्द रहेको काठमाडौंको पर्यटकीय क्षेत्र फेरि लयमा फर्केको छ । कोरोना महामारीका कारण विशेषगरी रात्रीकालीन व्यवसायमा कडा रोक लगाएपछि ठमेल, झम्सिखेल, पोखरा, चितवन, भक्तपुर, पाटन र काठमाडौं दरबार क्षेत्रका होटल, रेष्टुरेण्ट र नाइट क्लबहरु बन्द भएका हुन् ।

नयाँ वर्ष २०२२ र आगामी क्रिसमसलाई लक्षित गर्दै पर्यटकीय क्षेत्रका ती व्यवसाय पुनः सञ्चालनमा ल्याउन थालिएको छ । ठमेल पछिल्लो केही सातादेखि रातको समयमा पुनः रंगीन देखिन थालेको छ ।

तर, कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणका कारण आयरल्याण्डका रात्री व्यवसाय सबैमा रोक लगाइएको छ । त्यहाँका प्रधानमन्त्री माइकल मार्टिनले क्रिसमस र नयाँ वर्षको अवसरमा हुनसक्ने भीडभाडले कोरोनाको जोखिम बढाउने भएपछि नयाँ प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गर्नुभएको हो । उहाँका अनुसार स्वास्थ्य मापदण्डमा कडाइ गरेपछि रात्री व्यवसायहरु ठप्प हुने आकलन गरिएको छ ।

जसमा मास्क अनिवार्य गरिएको छ । टेबलमा ६ जनाभन्दा बढी बसेर खान नपाइने भनिएको छ । त्यसैगरी बारमा मदिरा र मदिराजन्य पदार्थको निम्ति भीड हुने गरी लाइनमा बस्न पाइने छैन । यो नियम आगामी मंगलबारदेखि जनवरी ९ तारिखसम्म एक महिना लागू हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !