२ नम्बर प्रदेश गाँजामय, १ क्विण्टलबढी बरामद « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

२ नम्बर प्रदेश गाँजामय, १ क्विण्टलबढी बरामद

प्रकाशित मिति :  १८ मंसिर २०७८, शनिबार १५:४१


पछिल्लो समयमा २ नम्बर प्रदेशका विभिन्न जिल्लामा गाँजाको खेती र कारोबार दुबै मौलाएको छ । हिजो राति महोत्तरीमा एक सय केजीभन्दा बढी गाँजा बरामद भएको छ ।

हिजो राति महोत्तरीको एकडाँडा गाउपालिका ५ गेना बथनाहामा सशस्त्र प्रहरी बल नेपालको नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी वरिष्ठ प्रहरी हवल्दार मन्तोषकुमार सिंहसहित पाँच जनाको स्क्वाड टोलीले चेक जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ टाउकोमा बोकेर लैजाँदै गरिएको अवस्थामा निम्न गाँजा र तीन जना पक्राउ परेका हुन् ।

उनीहरुले बोकेको गाँजा १ सय १ केजी ५ सय ग्राम छ । पक्राउपछि उनीहरुलार्ई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ । पक्राउ पर्नेमा स्थानीय वर्ष ३६ का रमेश पासवान, वर्ष ६० का राम खेलावन मण्डल र जलेश्वर ७ का वर्ष ५० का सुरेश यादव हुन् ।

२ नम्बर प्रदेशमा गाँजा पक्रेको समाचार नियमित झैँ प्राप्त हुने गरेको छ । दिउँसोको समयमा प्रहरी निगरानी बढेपछि रातको समयमा कारोबारीहरु सक्रिय भएका हुन् ।

हिजो सशस्त्र प्रहरीले सात वटा बोरामा प्याक गरेर रातको समयमा ओसारपसार गरिरहेको अवस्थामा एक क्विण्टलभन्दा बढी गाजा बरामद गरेको हो ।


प्रतिक्रिया दिनुहोस !