विप्लवले सचिवलाई ५ महिना पहिल्यै कारवाही गरेको दाबी

विप्लवले सचिवलाई ५ महिना पहिल्यै कारवाही गरेको दाबी

नेकपा विप्लवका जिल्ला सेक्रेटरीलगायत ६० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको समाचारप्रति विप्लव समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रमा प्रवेश गरेका भनिएका आफ्ना जिल्ला सेक्रेटरीलाई पाँच महिना अगावै कारवाही गरिएको र अन्य सबै कार्यक्षेत्रमा खटिएको उसको दाबी छ ।

विप्लवको मकवानपुर जिल्ला सेक्रेटरी किरण तामाङसहित ६० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको भन्ने समाचारलाई उसले होइन भनेको छ । बरु जिल्ला सेक्रेटरी किरण तामाङलाई पार्टी नीति, विधि,पध्दतिविपरीत कार्य गरेकोमा यसअघि नै जिम्मेवारीबाट हटाइएको बताइएको छ ।

सेक्रेटरी वाटरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रचारमा आएजस्तो उनी जिल्ला सेक्रेटरीको भूमिकामा थिएनन् । उनलाई पाँच महिनाअघि नै जिम्मेवारीबाट हटाइएको थियो । उनीबाहेक अरु सबै आफ्नो कार्यक्षेत्रमा खटिरहेका छन् ।’

टिप्पणीहरू