भोलिदेखि हुने हिन्द महासागर सम्मेलनमा नेपालले भाग लिने

भोलिदेखि हुने हिन्द महासागर सम्मेलनमा नेपालले भाग लिने

सरकारले हिजोको मन्त्रीपरिषद् बैठकबाट विभिन्न निर्णय गरेको छ । आज सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार सरकारले विभिन्न मन्त्रालयसँग सम्बन्धित नौ वटा मुख्य निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लिइने झण्डै ४ सय मिलियन अमेरिकी डलर बराबरको निब्र्याजी सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ । त्यस्तै कोरिया सरकारबाट प्राप्त हुने साढे ८ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै सार्वजनिक हितको लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरिएको छ । भोलि र पर्सि अबुधाबीमा हुने पाँचौ हिन्द महासागर सम्मेलनमा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डलले भाग लिने क्याबिनेट बैठकले निर्णय गरेको छ ।

यी बाहेक सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विषयमा पनि निर्णय गरेको छ ।

टिप्पणीहरू