एमाले पाँचौं महाधिवेशनअघि एमाले बैठकको कठोर निर्णय

एमाले पाँचौं महाधिवेशनअघि एमाले बैठकको कठोर निर्णय

छलफल र निर्णय :

१) यो चरणको हाम्रो कार्यक्रम नौलो जनवाद हो । यो बहुदलीय राजनीतिक प्रतिस्पर्धात्मक हुनेछ । यसलाई प्रसंगअनुसार बहुदलीय जनवाद पनि भन्न सकिन्छ ।
२) वर्तमान व्यवस्थालाई बहुदलीय जनवाद भन्न सकिँदैन । यसलाई बहुदलीय व्यवस्था नै भन्नुपर्छ । अर्को शब्दमा भन्दा अहिले प्राप्त प्रजातन्त्रलाई सीमित राजनीतिकक्षेत्रमा मात्र प्राप्त प्रतिगामी शक्तिहरुको अधिनायकत्व भएको बुर्जुवा प्रजातन्त्र पनि भन्न सकिन्छ ।
३) नेपाली कांग्रेसले हाम्रो पार्टीको सार्वभौमिकतामाथि हस्तक्षेप गर्दै गरेका आइपीयु (अन्तर्राष्ट्रिय संसदीय युनियन) लगायत सबै निर्णयहरुबाट हाम्रा सांसदहरुले राजीनामा दिने र क. आरकेलाई परराष्ट्र र मानवअधिकार समितिबाट सार्वजनिक लेखा समिति र त्यसको पनि अध्यक्ष राखेकोमा त्यसबाट पनि उहाँले राजीनामा दिने र पहिलेकै समितिमा रहने ।
४) क. मनमोहन र क. भरतमोहन अधिकारीले आफू बाहिर जानको निम्ति कांग्रेससँग गरेको भित्री प्रयासबारे पोलिटब्युरोले जाँच पड्ताल गर्ने । साथै क. भरतमोहनले लेखा समितिमा बस्नको निम्ति क. अशोकलाई आर्थिक लाभको लोभसमेत देखाएको कुराको पनि छानबिन गर्ने
५) हैसियत नमिल्ने गरी क. मनमोहनलाई संयुक्त राष्ट्रसंघमा जाने निर्णय दिनुमा पनि पोलिटव्युरोको कमी रह्यो ।
क. एमपी (मोदनाथ प्रश्रित), क. सीपी र क. केएम (केशरमणि पोखरेल) को यस्तो फरक विचार रह्यो– ‘अहिलेसम्म भएका समितिमा कांग्रेसी नियुक्ति वा अन्य कामलाई मान्यता दिँदै अब आइन्दा पार्टीको निर्णयबेगर कांग्रेसका निर्णयलाई स्वीकार नगर्ने निर्णय गर्नुपर्छ ।’
६) पार्टीका गोपनीयताहरु खुलेको तथ्य पत्ता लगाउन र प्रतिवेदन पेश गर्नको निम्ति एउटा सर्वाधिकारसम्पन्न ‘छानबिन आयोग’ गठन गर्ने । यस आयोगले सीसी बैठक सकिएको एक महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।

आयोगमा निम्न कमरेडहरु रहनुहुनेछ–

१) क. खड्गप्रसाद ओली, २. क. अमृतकुमार बोहरा, ३. क. वामदेव गौतम
७) निम्नलिखित व्यक्तिहरुलाई पार्टीबाट निश्कासनको निर्णय गर्ने
१) माधव ज्ञवाली – केन्द्रीय संगठन कमिटी सदस्य
२) तिलक पराजुली – केन्द्रीय संगठन कमिटी सदस्य
३) प्रभुनारायण चौधरी – केन्द्रीय संगठन कमिटी सदस्य
४) एकराज पाण्डे – केन्द्रीय संगठन कमिटी सदस्य
५) लोकनारायण सुवेदी– रापस
६) शरणविक्रम मल्ल – रापस
७) केशव ज्ञवाली – रापस
– अन्य व्यक्तिहरुका सम्बन्धमा सम्बन्धित तहले नै निश्कासनको निर्णय लिने ।
– फर्कन चाहने व्यक्तिहरुले पहिले गरेका गल्तीहरु अनुरुपकै आत्मालोचना गरेपछि पनि केन्द्रले अनुमोदन गरेपछि मात्रै टुंगो लाग्ने ।
८) अन्तर्वार्ताबाट उत्पन्न समस्याका बारेमा
क) विभिन्न नेता वा कार्यकर्ताले दिएका अन्तर्वार्ता वा लेखटिप्पणीका सम्बन्धमा अरुले भेटेका आलोचना तथा टिप्पणीको उजुरी संगठन विभागमा गर्ने ।
ख) आलोचना तथा उजुरीका आधारमा संगठन विभागले कारबाही गर्ने ।
ग) अहिलेसम्म दिएका अन्तर्वार्तामा आएका आपत्तिजनक कुरा संकलन गरी क. ईश्वर पोखरेललाई दिने र उहाँले त्यसको प्रतिवेदन तयार पारी महासचिवसमक्ष पेश गर्ने ।
घ) अन्तर्वार्ताको आचारसंहितामा ‘पार्टी प्रतिष्ठामा आँच आउने कुरामा डिफेन्ड गरे वा नगरेको कुरा पनि कारवाहीको विषय बनाउनुपर्छ’ भन्ने कुरा थप्नुपर्छ ।
९) पार्टी एकीकरणसम्बन्धी बुँदाहरुमा दिइएका सुझावहरुलाई समावेश गरी मिलाउने गरी सिंगो प्रतिवेदनलाई पारित गरियो ।
१०) संगठनात्मक प्रतिवेदनमाथि छलफल गरी निम्न निर्णय लिइयो–
क) चितवनमा उत्पन्न समस्या समाधान गर्नको निम्ति क. जेएन र क. सुरेन्द्र पाण्डेको बीचमा दुई सदस्यीय आयोग बनाइयो ।
ख) कार्यकर्ताका समस्या अध्ययन गरी सुझाव पेश गर्नको निम्ति क. झलनाथ, क. माधव, क. मोदनाथ र क. आरके संलग्न चार सदस्यीय आयोग बनाइयो ।
ग) भारत प्रवासमा रहेका दुईवटा एसटीडी संगठनको एकीकरण गर्नका निम्ति क. सिपी र क. बलरामलाई जिम्मा लगाइयो ।
घ) पार्टीको स्थापना दिवसबारे कार्यक्रम पेश गर्नको निम्ति क. जीवराज आश्रितलाई जिम्मा दिइयो ।
ङ) दुईवटा पार्टीको नगद, जिन्सी, खातापातालगायत सम्पूर्ण सम्पत्ति एकीकरण गर्नका निम्ति निम्न कमरेडहरुलाई जिम्मा दिइयो– क. झलनाथ, क. माधव, क. बलराम र क. भरतमोहन अधिकारी
च) क. झलनाथ खनालले कृष्णप्रसाद भट्टराई वा त्यसको अन्य कोही जिम्मेवार भए त्यससँग राजनीतिक पीडितहरुको निम्ति वितरण भइरहेको रकमका सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्ने र हाम्रो पार्टीको विचार पनि बताउने । जहाँसम्म सरकारी कोषबाट वितरण भइरहेको रकम छ, त्यो हाम्रो पार्टीसँग सम्बन्धित त्यस्ता व्यक्तिहरुलाई पनि दिलाउन कोसिस गर्नुपर्छ ।
११) कार्यविभाजन
मोहनचन्द्र अधिकारी – कोशी इञ्चार्ज
केशरमणि पोखरेल – धौलागिरि इञ्चार्ज
केशवलाल श्रेष्ठ – प्रवास सचिव
जीवराज आश्रित – लुम्बिनी इञ्चार्ज
गोविन्द कोइराला – सेती अञ्चल कावा सचिव
१२) कृष्णराज श्रेष्ठको बारेमा संगठन विभागले गरेको निर्णयलाई नै पार्टी निर्णय बनाउने ।

विदेशी पाहुनाहरुलाई सम्पर्क गर्ने, राख्ने व्यवस्था आदि र स्वागत गर्ने प्रतिनिधि तथा पर्यवेक्षक जाँच एवं अनुमोदन समिति
क) क. जीवराज आश्रित
ख) क. बलराम उपाध्याय
ग) क. वामदेव गौतम
घ) क. ईश्वर पोखरेल
५) क. राधाकृष्ण मैनाली
यस कमिटीले केन्द्रले तोकेअनुरुपका मापदण्डको आधारमा प्रतिनिधि–पर्यवेक्षकको योग्यता जाँच्ने, अनुमोदन गर्ने तथा प्रवेशपत्र प्रदान गर्ने काम गर्नेछ । अयोग्य ठहरिएकाहरुलाई बन्देज लगाउन सक्नेछ ।

तयारी कार्यको समय सारिणी

– महाधिवेशनका दस्तावेजहरु मस्यौदा गर्ने काम– मंसिर मसान्तसम्ममा
– केन्द्रीय सदस्य र रापसलाई दस्तावेज वितरण– मंसिर अन्तिमसम्म
– केन्द्रीय संगठन कमिटीको बैठक– पुस १०, १७
– रापसको बैठक– पुस २०–२५
– दस्तावेजहरु पार्टी सदस्यहरुबीचमा वितरण गरिसक्ने– माघ १५ सम्म
– तलबाट सुझाव, प्रतिक्रिया वा मतहरु संकलन गरिसक्ने– फागुन मसान्तसम्म
– केन्द्रीय संगठन कमिटीको अन्तिम बैठक– चैत १५

महाधिवेशनको कार्यक्रम

चैत २० गते– उद्घाटन समारोह
चैत २१, २२, २३– दस्तावेजहरुमाथि छलफल र निर्णय
चैत २५– केन्द्रीय निकायहरुको निर्वाचन
– केन्द्रीय कमिटी
– केन्द्रीय अनुशासन आयोग
– केन्द्रीय लेखा आयोग
आवश्यकता भए – केन्द्रीय सल्लाहकार परिषद्
राख्ने भए – राष्ट्रिय परिषद् आदि
चैत २६ – निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठक
चैत २७ – घोषणा सभा

एकता वार्ता समिति

१) मनमोहन अधिकारी
२) जीवराज आश्रित
३) मोदनाथ प्रश्रित
४) वाचस्पति देवकोटा
५) नरबहादुर खाँण

परिशिष्ट, आगामी महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु

१) राजनीतिक प्रतिवेदन
२) पार्टीको कार्यक्रम
३) पार्टी विधान
४) संगठनात्मक प्रस्ताव
५) तात्कालिक कार्यनीतिसम्बन्धी प्रस्ताव
६) कृषि क्रान्ति र किसान आन्दोलनबारे प्रस्ताव
७) अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबारे प्रस्ताव
८) पार्टीको केन्द्रीय आर्थिक प्रतिवेदन
९) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही महत्वपूर्ण समसामयिक प्रस्तावहरु

दस्तावेज मस्यौदा कमिटी

१) क. मनमोहन अधिकारी
२) क. मदन भण्डारी
३) क. चन्द्रप्रकाश मैनाली
४) क. जीवराज आश्रित
५) क. झलनाथ खनाल
६) क. भरतमोहन अधिकारी
७) क. माधव नेपाल
८) क. केशरमणि पोखरेल
९) क. मोदनाथ प्रश्रित
यस कमिटीले बैठक गरी आफ्नो कार्यविधि तोक्ने र कार्यविभाजन गर्नेछ ।

महाधिवेशन व्यवस्था कमिटी

१) क. चन्द्रप्रकाश मैनाली
२) क. सिद्धिलाल सिंह
३) क. अमृत बोहरा
४) क. प्रदीप नेपाल
५) क. गोपाल शाक्य
यसले स्थान तोक्ने, प्राविधिक व्यवस्था गर्ने, प्रतिनिधि, पर्यवेक्षकहरु बस्ने व्यवस्था गर्ने, खाने व्यवस्था, बस, यातायात, स्पिकर, क्यासेट आदि सबै प्रबन्ध मिलाउने ।

आर्थिक कमिटी

१) क. मनमोहन अधिकारी
२) क. माधव नेपाल
३) क. झलनाथ खनाल
४) क. भरतमोहन अधिकारी
५) क. मुकुन्द न्यौपाने
६) क. मोदनाथ प्रश्रित
यस कमिटीले महाधिवेशनको निम्ति आर्थिक योजना, नीति, संकलन, नियन्त्रण र परिचालन गर्नेछ र लेखा राख्नेछ ।

प्रचार कमिटी

महाधिवेशनसँग सम्बन्धित प्रकाशन र प्रचार प्रसारका सम्पूर्ण काम केन्द्रीय प्रचारप्रसार विभागले गर्ने ।

स्वागत तथा सम्पर्क समिति

१) क. अशोक राई
२) क. सहाना प्रधान
३) क. मोहनचन्द्र अधिकारी
(उक्त महाधिवेशन चैतमा हुने भनिएकोमा दुई महिनाअघि ०४९ माघ १४–२० मै सम्पन्न भएको थियो ।)

टिप्पणीहरू