चोर र लागुऔषधका व्यापारी फेरि झ्यालखानामा

चोर र लागुऔषधका व्यापारी फेरि झ्यालखानामा

अदालतबाट दोषी ठहर भए पनि सजाय भुक्तान नगरी लुक्दै बसेका दुई अपराधीलाई प्रहरीले पक्राउ गरी झ्यालखानामा पुर्याएको छ ।

प्रहरीले पक्राउ गरी जेल पुर्याएकाहरुमा सुनसरीको धरान उप–महानगरपालिका ७ का ४१ वर्षीय नौसाद सिद्धिकी हुन् । उनीविरुद्ध सुनसरी जिल्ला अदालतले २०७१ पुस २७ गते १ वर्ष १ महिना २४ दिन कैद र एक लाख जरिवाना तिराउने फैसला गरेको थियो ।

त्यसैगरी प्रहरीले चोरी मुद्दामा सजाय पाएका कटहरी गाउँपालिका १ का २३ वर्षीय सुरज कामतलाई समेत पक्राउ गरी कारागर पुर्याएको छ । उनीविरुद्ध उच्चअदालत विराटनगरले १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तिराउने फैसला गत भदौ २३ गते गरेको थियो ।

दुबैलाई प्रहरीको आरआइटी टोलीले हिजो दिउँसो पक्राउ गरेको हो ।

टिप्पणीहरू