नायिका करिश्मा मानन्धर अब क्याम्पस जाने

नायिका करिश्मा मानन्धर अब क्याम्पस जाने

आज राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्यो । कक्षा १२ को परीक्षामा नायिका करिश्मा मानन्धर र गायिका रचना रिमाल सहभागी भएका थिए । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार अभिनेत्री मानन्धर र गायिका रिमाल कक्षा १२ उत्तीर्ण भएका छन् ।

गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी करिश्माले २.४१ जीपीए ल्याएर १२ कक्षा उत्तीर्ण गरेकी छन् । झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट परीक्षा दिएकी रचनाले ३.४४ जीपीए ल्याएकी छन् ।

कोरोना महामारीका कारण नियमित रुपमा भौतिक कक्षा सञ्चालन नभएको अवस्थामा पनि आफूहरुले प्राप्त गरेको उपलब्धिप्रति खुशी व्यक्त गरेका छन् । नायिका मानन्धरले जनसंख्या र समाजशास्त्र विषयमा ‘ए’ ग्रेड ल्याएकी छन् । उनले अब स्नातक तहमा भर्ना भएर पढाइलाई निरन्तरता दिने बताइन् ।

गायिका रचनाले पनि नसोचेको नतिजा आएको बताएकी छन् ।

टिप्पणीहरू