भ्यानको ठक्करबाट गर्भवतीको मृत्यु, झापा तनावग्रस्त

भ्यानको ठक्करबाट गर्भवतीको मृत्यु, झापा तनावग्रस्त

भ्यानको ठक्करबाट गर्भवती महिलाको निधन भएपछि झापाको गौरादह–७ स्थित घैलाडुब्बा बजार क्षेत्र तनावग्रस्त बनेको छ ।

हिजो बा. ८ च ७७३५ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय २८ वर्षीया सीता साहको मृत्यु भएको हो । आफ्नै घरमा बसिरहेको समयमा साहलाई हिजो साँझ अचानक भ्यानले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएकी साहको उपचारको क्रममा दमक लाइफलाइन अस्पताल पुर्याउने बितिक्कै मृत्यु भएको बताइएको छ ।

आफ्नै घरको आँगनमा बसिरहेकी गर्भवती सीतालाई गाडीले ठक्कर दिएर निधन भएपछि अहिले झापा तनावग्रस्त भएको छ । प्रदर्शनकारीहरुले घटनाको छानबिन र पीडित परिवारलाई उचित राहतको माग गरेका छन् ।

प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन र नारा जुलुस गरिरहेका छन् । अहिले घैलाडुब्बा बजार पूर्ण रुपमा ठप्प भएको छ । स्थितिलाई नियन्त्रणमा लिन उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

टिप्पणीहरू