आज कोरोनाबाट निधन हुनेको संख्या शुन्य

आज कोरोनाबाट निधन हुनेको संख्या शुन्य

आज कोरोना संक्रमणको कारण कसैले पनि ज्यान गुमाएका छैनन् । दुई सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार आठ सय ३६ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज तीन सय ४७ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै छ हजार नौ सय २१ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ३५ पुगेको छ । हाल काठमाडौंमा छ सय ४१ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ८५ र ललितपुरमा पाँच सय ९० जना संक्रमित छन् ।

टिप्पणीहरू