झापामा दुईको मृत्यु,तीन घाइते

झापामा दुईको मृत्यु,तीन घाइते

झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन भने ३ जना घाइते भएका छन् । ज्यान गुमाउने बिर्तामोड नगरपालिका ९ का ४३ बर्षीय सम्पत राजवंशी हुन् ।

राजवंशी सवार मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई मे १क ७८६ नम्बरको ट्रकले हिजो दिउँसो बिर्तामोड ३ पेट्रोल पम्पअगाडि ठक्कर दिएको थियो । ठक्करबाट राजबँशी र मोटरसाइकल पछाडि बस्ने ३१ वर्षीया शान्ता कार्की घाइते भएका थिए ।

घाइते दुवैलाई बि एण्ड सी अस्पताल बिर्तामोड पुर्याएर उपचार गरिएको थियो । उपचारकै क्रममा राजवंशीको मृत्यु भएको हो । कार्कीको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रक चालक भद्रपुर नगरपालिका १० का ३६ वर्षीय गंगा तामाङलाई इलाका प्रहरी कार्यालय अनरमनीले नियन्त्रणमा लिएको छ ।

यसैगरी हिजो दिउँसो गौरादह नगरपालिका ७ ग्वालडुब्बामा बा ८ च ७७३५ नम्बरको माइक्रो भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने सोही ठाउँकी २८ वर्षीया सीता साह हुन् । उनको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो भ्यानले सडक किनारमा उभिरहेका १९ वर्षीया सम्झना रिसिदेव र ७ महिनाकी आरोसी यादवलाई समेत ठक्कर दिएर घाइते बनाएको थियो ।

घाइते सबैको उपचार भइरहेको छ । प्रहरीले माईक्रो भ्यान,चालक गौरादह ४ का ३० बर्षीय अशोक कुमार माक्रालाई नियन्त्रण लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू