जताततै बादल, पानी पर्ने सम्भावना

जताततै बादल, पानी पर्ने सम्भावना

काठमाडौं उपत्यकामा आज बादल लागेका कारण हिजोको तुलनामा निकै चिसो महसुस गरिएको छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम १० दशमलब आठ थियो । अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहने बताइएको छ । तर पनि बढी चिसो महशुस गरिएको सर्वसाधारणले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज देशका उच्चपहाडी र हिमाली भू–भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

टिप्पणीहरू