गरिवले चाहिँ नेता बन्नै नपाउने ?

गरिवले चाहिँ नेता बन्नै नपाउने ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गतका अधिवेशनहरु जारी छन् । गत भदौबाट शुरु भएको महाधिवेशन प्रक्रियामा हालसम्म वडा,पालिका तथा देशभरका ६१ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । बाँकी जिल्लामा भने महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन गरिने पार्टी केन्द्रीय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार हिजोबाट काँग्रेसले प्रदेश अधिवेशन थालेको छ । हिजो प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश अधिवेशन उद्घाटन गरेपछि देशभरका सातै प्रदेशमा काँग्रेस अधिवेशनको रौनक थप बढेको हो ।

जसअन्तर्गत गण्डकी प्रदेशमा उम्मेदवारी दस्तुरसमेत तोकिएको छ । तोकिएको दस्तुरअनुसार अधिवेशनमा सहभागिता जनाउने शुल्क २ हजार ५ सय रुपैयाँ रहेको छ । त्यस्तै,सभापति बन्न ९१ हजार, उपसभापति बन्न ६१ हजार, महामन्त्री बन्न ५१ हजार, सहमहामन्त्रीमा ४१ हजार र सदस्य बन्न चाहनेले उम्मेदवारी दस्तुर ३१ हजार रुपैयाँ तिर्नुपर्ने भनिएको छ ।

हिजोबाट शुरु भएको काँग्रेसको प्रदेश अधिवेशन आइतबारसम्म चल्ने छ ।

टिप्पणीहरू