माओवादीको राष्ट्रिय सम्मेलनमा छिर्न २ हजार दस्तुर

माओवादीको राष्ट्रिय सम्मेलनमा छिर्न २ हजार दस्तुर

नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलननिम्ति नेताहरुको कार्यविभाजन गरेको छ । पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने सम्मेलन सफल पार्न आज बिहान बसेको स्थायी समितिले जिम्मेवारी बाँडफाँड गरेको हो ।

उसले सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुलाई प्रवेश शुल्कसमेत तोकेको छ । प्रत्येक प्रतिनिधिलाई दुई हजार रुपैयाँ शुल्क तोकिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको छ ।

सम्मेलनमा पेश गरिने विधान संशोधन प्रस्तावको निम्ति पाँच जनाको उपसमिति बनाइएको छ । जसमा स्थायी समिति सदस्यहरु पम्फा भुसाल,देव गुरुङ,लीलामणि पोखरेल,जनार्दन शर्मा र मातृकाप्रसाद यादव हुनुहुन्छ । उहाँहरुलाई उक्त जिम्मेवारी सम्पन्न गर्न मंसिर २५ गतेसम्मको समयसीमा दिइएको छ ।

टिप्पणीहरू