सुर्खेतमा आजदेखि नामावली संकलन

सुर्खेतमा आजदेखि नामावली संकलन

सुर्खेतका सातवटा स्थानीय तहमा सुर्खेतमा आजदेखि नामावली संकलन र फोटोसहितको मतदाता नामावली संकलन गरिने भएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै स्थानीय तहमा टोली परिचालन गरेर दुई चरणमा नामावली संकलन गर्ने प्रदेश निर्वाचन कार्यालय सुर्खेतको तयारी छ ।

पहिलो चरणमा सुर्खेतमा आजदेखि पुस ३ गतेसम्म र दोस्रो चरणमा पुस ४ देखि १८ गतेसम्म मतदाता नामावली संकलन गर्ने निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणमा सिम्ता, चिङगाड चौकुने गाँउपालिका तथा लेकबेशी नगरपालिकामा नामावली संकलन गरिने छ ।

त्यस्तै, दोस्रो चरणमा गुर्भाकोट, भेरीगंगा र बराहतालमा गाउँपालिकामा नामावली संकलनको काम गरिने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । वीरेन्द्रनगर र पञ्पुरी नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालयबाट नियमितरूपमा फोटो सहितको मतदाता नामावली संकलन भइरहेको छ ।

प्रमुख चालिसेले १३ हजार चार सय नयाँ मतदाता थपिने अनुमान गरिएको भन्दै अब मतदाताको संख्या दुई लाख २५ हजार पुग्ने बताए । यसअघि सुर्खेतमा दुई लाख तीन हजार मतदाता थिए । ‘कोही नछुटुन्, कोही नदोहोरिउन्,’ भन्ने नारासहित फोटोसहितको मतदाता नामावली संकलन गरेकाले त्यहीअनुसार जिल्लामा काम भइरहेको उनले जानकारी दिए ।

टिप्पणीहरू