अर्काे मंगलबारदेखि संसदको हिउँदे अधिवेशन

अर्काे मंगलबारदेखि संसदको हिउँदे अधिवेशन

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २८ गते मंगलबारदेखि संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले मन्त्रीपरिषद् बैठकको आजको बैठकले गरेको सिफारिशबमोजिम अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयले आज प्रकाशित गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसदको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

टिप्पणीहरू