दुई ठगरामलाई युथ अफ आँधीखोलाको प्रश्न ‘पुल कहिले बनाउँछौ ?’

दुई ठगरामलाई युथ अफ आँधीखोलाको प्रश्न ‘पुल कहिले बनाउँछौ ?’

दुई वर्षमा पुल निर्माण सम्पन्न गर्ने भन्दै निर्माणको जिम्मा लिएका ठेकेदारलाई युथ अफ आँधीखोलाले प्रश्न गरेको छ । ‘ए ठेकेदारसाप,पुल बनाउन पर्दैन ?’ भन्दै आँधीखोलाले प्रश्न गरेको हो ।

कान्छाराम उपनामले परिचित ठेकेदार पूर्णबहादुर तामाङ र सहायक ठेकेदार ऋषिराम गौतमले सात वर्ष पुग्दासम्म पनि पुल निर्माण नगरेको भन्दै युथहरुले प्रश्न गरेका हुन् ।

युथले गरेको प्रश्नमा, ‘दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे जोड्ने पुल भद्रगोल अवस्थामा छाडेर हिँड्न लाज लाग्दैन ? पेशागत मर्यादाको धज्जी उडाउनुभयो,लाज भए बाँकी रहेको पुल बनाउनुहोला,’ भनिएको छ ।

साथै कामचोर नबन्न आग्रह गर्दै, ‘ठगेको गाँसले राजा होस् या व्यक्ति कसैलाई पनि राम्रो नहुने,’ उल्लेख गरिएको छ ।

टिप्पणीहरू