कोरोनाबाट निधन हुनेको संख्या बढ्यो, आज ६ जना बिते

कोरोनाबाट निधन हुनेको संख्या बढ्यो, आज ६ जना बिते

आज कोरोना संक्रमणको कारण छ जनाको निधन भएको छ । तीन सय १५ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार चार सय तीन जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुई सय एक जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै सात हजार ४५ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ३५ पुगेको छ । हाल काठमाडौंमा छ सय ८९ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ८५ र ललितपुरमा पाँच सय ७९ जना संक्रमित छन् ।

यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ११ देखि २० वर्ष उमेर समूहका २६ जना कोरोना संक्रमित थपिएका छन् ।

टिप्पणीहरू