सौराहामा यी कर्मचारी सुटुक्क

सौराहामा यी कर्मचारी सुटुक्क

निजामती सेवा ऐनले कर्मचारीहरूलाई राजनीतिक दलको सदस्य बन्न, दलका कार्यक्रममा भाग लिन रोक लगाएको छ । तर, एमालेको हालै सम्पन्न दशौँ महाधिवेशनमा केही कर्मचारी प्रतिनिधिका हैसियतले सहभागी भए ।

भर्खरै पाँचथरको सिडिओबाट तानिएका उपसचिव पुण्य ढकाल महाधिवेशनमा सुरज ढकालको नामबाट प्रतिनिधि बनेका थिए । लेखा अधिकृत केदार ढकाल, अहेव भवानी दाहाल, नरोत्तम पोखरेलसहितका कर्मचारी निसंकोच सहभागी भए ।

महाधिवेशनमा स्वास्थ्य मन्त्रालयका बस्नेत थरका कर्मचारी पनि देखिन्थे । तीमध्ये कतिपय काज लिएर गएका थिए । पर्यटन मन्त्रालयबाट पाँच–सात जना कर्मचारी महाधिवेशनमा पुगे ।

पद्मकन्या क्याम्पसका प्राध्यापक विनोद जोशी, ललितपुर महानगरपालिकाकी जानुका श्रेष्ठ, गृह मन्त्रालयकी शाखा अधिकृत लक्ष्मी भुषाल, लेखापाल लेखनाथ कोइराला, काठमाडौं महानगरपालिकाको वातावरण विभागकी ओभरसियर बिन्दिया कार्की पनि एमाले महाधिवेशनका प्रतिनिधि थिए ।

टिप्पणीहरू