नयाँ भेरिएन्ट रोक्न सुदूरपश्चिमका नाकामा कडाई

नयाँ भेरिएन्ट रोक्न सुदूरपश्चिमका नाकामा कडाई

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेको भन्दै सुदूरपश्चिम प्रदेशका नाकामा कडाई गरिएको छ ।

भारतमा ओमिक्रोनको संक्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकोले भारतसँग सीमा जोडिएका नाकामा कडाई गरिएको हो ।

सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका मुख्यनाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाटलगायतका सीमा नाका स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ ।

ती नाकाबाट आवागमन बढी हुने भएकाले नेपालमा पनि नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिन नदिन भारतीय सीमा नाकामा कोरोना परीक्षण गर्ने र नाकामै खोप लगाउने व्यवस्था गरिएको बताइएको छ ।

हाल कोरोनाको नयाँ भेरियन्ट दक्षिण अफ्रिकालगायत भारतमा समेत देखिएको छ ।

टिप्पणीहरू