आज सर्वोच्च अदालतको काम ठप्प

आज सर्वोच्च अदालतको काम ठप्प

सत्ता गठवन्धनले सर्वोच्च अदालतको गत्यावरोध अन्त्यका लागि प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई बिदामा बस्न सुझाव दिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठवन्धनका शीर्ष नेताहरुको बैठकले कार्यवाहक तोकेर बिदामा बस्न राणालाई सुझाएको हो । आज सर्वोच्चमा गोला थुतिएको छैन,कुनै पनि मुद्दाको पेशी चढेको छैन ।

लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामीसमेत परेकाले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन आग्रह गर्ने निर्णय बैठकले भएको बालुवाटार स्रोतले बताएको छ ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सहभागी थिए ।

यता,प्रधानन्यायाधीश राणाले आफ्नो अनुपस्थितिमा सर्वोच्चमा कार्यवाहक नतोकेको भन्दै नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । बारले बुधबार वरिष्ठ न्यायाधीशलाई कार्यवाहक तोक्न माग गरेको थियो । त्यसैबारे छलफल गर्न सर्वोच्चका न्यायाधीशहरुले आज बारका प्रतिनिधिलाई बोलाएका छन्।

टिप्पणीहरू