आज पनि राष्ट्रपति पश्चिम जाँदै

आज पनि राष्ट्रपति पश्चिम जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी आज फेरि लुम्बिनी जाँदै हुनुहुन्छ । उहाँ कपिलवस्तु र लुम्बिनीका दुई वटा कार्यक्रमका निम्ति त्यता जान लाग्नुभएको हो ।

उहाँ कपिलवस्तुको वाणगंगास्थित कैलाश आश्रमको निरीक्षण तथा गुरुकुलीय शिक्षा पध्दतिको अवलोकनको निम्ति बिहान ११ बजे त्यता जाने कार्यक्रम छ । नेपाली सेनाको हेलिकोप्टरमा उहाँ वाणगंगा पुगेपछि दिउँसो त्यतैबाट लुम्बिनी जाने कार्यक्रम छ ।

लुम्बिनीमा दिउँसो १ बजे बौध्द विश्वविद्यालयको १७ औं वार्षिकोत्सव कार्यक्रममा उहाँ सहभागी हुनुहुने छ । रुपन्देहीको कार्यक्रमपछि उहाँ साँझ राजधानी फर्कनु हुनेछ ।

अघिल्लो महिना पनि राष्ट्रपति भण्डारी बुद्धको ठूलो मूर्ति प्रतिस्थापन कार्यक्रममा लुम्बिनी जानुभएको थियो ।

टिप्पणीहरू