माल्दिभ्सका पूर्वराष्ट्रपति नजरबन्दबाट राजनीतिमा ?

माल्दिभ्सका पूर्वराष्ट्रपति नजरबन्दबाट राजनीतिमा ?

भ्रष्टाचारको अभियोगमा घरमै नजरबन्दमा रहेका माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामिन नजरबन्दबाट मुक्त भएका छन् । यामिनलाई सर्वोच्च अदालतले मुद्रा शुद्धिकरण र घोटालाको सजायसम्बन्धी मागदाबीलाई खारेज गरेपछि घरमै नजरबन्दमा रहेका उनलाई मुक्त गरिएको हो ।

नजरबन्दबाट मुक्त भएपछि उनी राजनीतिमा फर्कने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यामिनलाई १० लाख अमेरिकी डलर हिनामिना गरेको आरोपमा सन् २०१९ मा ५० लाख जरिवाना सुनाइएको थियो । कोभिड–१९ का कारण उनको जेल सजायलाई घरमै नजरबन्दमा परिणत गरिएको थियो ।

यामिनको पुनरावेदनपछि सर्वोच्च अदालतको तीन सदस्यीय इजलासले सरकारले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा पर्याप्त प्रमाण नभएको फैसला सुनाएको छ । तर यसअघि उनले त्यहाँको तल्लो अदालतमा यसअघि गरेका दुईवटा अपिलहरू भने खारेज भएका थिए ।

टिप्पणीहरू