सिंगापुर एसियाकै महँगो सहर, तेलअभिभ विश्वकै

सिंगापुर एसियाकै महँगो सहर, तेलअभिभ विश्वकै

सिंगापुर एसियाकै सबैभन्दा महँगो सहरको छ । यस पटक हङकङलाई पछि पार्दै सिंगापुर एसियाकै महँगो सहर बनेको हो । अब हङकङ बसोबासको निम्ति सबैभन्दा महँगो सहरको सूचीमा पाँचौं स्थानमा रहेको छ । पछिल्लो समय हङकङमा लत्ताकपडा र व्यक्तिगत स्याहारका सामग्रीको भाउमा ह्रास आएसँगै हङकङ विश्वकै महँगो सहरको सूचीबाट हटेको हो ।

इजरायलको तेलअभिभ भने विश्वकै महँगो सहर बनेको छ । पछिल्लो समय इजरायलको मुद्रा बलियो हुनु र तेलअभिभको मुद्रास्फीतिदर समेत उच्च रहेकाले विश्वकै सबैभन्दा महँगो सहर बनेको तथ्याङ सार्वजनिक गरिएको छ ।

त्यस्तै न्युयोर्क, जेनेभा, कोपेहेगन, लसएन्जल्स र जापानको ओसाका शीर्ष १० स्थानमा परेका छन् । विश्वका १ सय ७३ सहरमा विभिन्न दुई सय किसिमका उत्पादनको मूल्यको आधारमा बसोबासको निम्ति सबैभन्दा महँगो सहर छानिएको हो ।

यसमा खाना, कपडा, घरेलु उपभोग्य सामग्री, घरभाडा, यातायात र मनोरञ्जनजस्ता शीर्षकमा लाग्ने लागतको आकलन गरिएको थियो । विश्वको सबैभन्दा महँगा सहरमा धेरैजसो युरोपेली र विकसित एसियाली मुलुकका सहर परेका छन् ।

टिप्पणीहरू