अब के होला अदालतमा

अब के होला अदालतमा

इतिहासमै पहिलोपटक बार र बेञ्च मिलेर अदालती कारवाही प्रभावित छ । सर्वोच्च अदालतमा तलमाथि हुँदा त्यहाँका मुद्दा मात्र प्रभावित हुँदैनन्, देशभरका अदालती प्रक्रिया, न्यायसेवाका कर्मचारीसमेत प्रभावित हुन्छन् ।

अबको केही दिनमै देशभरका उच्च अदालतमा ८० न्यायाधीश खालि हुँदैछन् । यो समाचार लेख्दासम्म २५ भन्दा बढी न्यायाधीशले अवकाश पाइसकेका छन् ।

यही क्रम जिल्लाहरूमा शुरु भएको छ । सर्वोच्चका न्यायाधीशमध्ये मीरा खड्का आउने बैशाख २ मा र तेजबहादुर केसी त्यसको सात दिनपछि अवकाश हुँदै छन् । यी रिक्त न्यायाधीश पूर्ति गर्ने क्रमको मुख्य पात्र प्रधानन्यायाधीश नै हुन् । तर, उनी अहिले कोरोनाले थलिएर अस्पतालमा छन् ।

प्रधानन्यायाधीश नै न्यायपरिषद् र न्याय सेवा आयोगको अध्यक्ष हुने व्यवस्था छ । न्याय सेवाका कर्मचारीको सरुवा, बढुवा र नियुक्तिका कामहरू त्यही आयोगले गर्ने हो । बेपत्ता छानविन, विशेष अदालत, राजश्व न्यायाधिकरण, सत्य निरुपण तथा मेलमिलाप आयोगहरूमा न्यायसेवाका कर्मचारी खटाउने व्यक्ति हुन्छन्, प्रधानन्यायाधीश । त्यसमाथि राष्ट्रियसभासहित विभिन्न तहका निर्वाचनहरू सम्मुखमा छन् ।

देशभरमा हुने कुनै पनि निर्वाचनमा प्रमुख निर्वाचन अधिकृत तोक्ने व्यक्ति प्रधानन्यायाधीश नै हुन्छन् । बेञ्चमा बस्न नपाए पनि वा अदालत गोला प्रथामा गए पनि संवैधानिक इजलाशको अध्यक्षता, दैनिक न्याय प्रशासन सञ्चालनमा अब कस्तो व्यवस्था हुन्छ, यकिन छैन ।

टिप्पणीहरू