भारतीय खोप : अनुदानको आयो, भुक्तानी भइसकेको पठाएन

भारतीय खोप : अनुदानको आयो, भुक्तानी भइसकेको पठाएन

भारतको सिरम इस्टिच्युट अफ इन्डियाले पठाएको कोभिडविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा कोभिसिल्ड खोप आज आएको हो ।

यस्तै, मंसिर २२ गते कोभ्याक्समार्फत थप छ लाख मात्रा खोप आइपुग्ने बताइएको छ । बालबालिकालाई लगाइने मोडर्ना खोप पनि यही शुक्रबार नेपाल आइपुग्ने भएको छ ।

अमेरिकाबाट खरिद गरिएका एक लाख ८८ हजार मात्रा मोडर्ना खोप आउन लागेको हो ।
यसअघि बालबालिकालाई लगाइने फाइजर खोप ल्याइएको थियो ।

भारतको सिरम इन्ष्टिच्युट कम्पनीले उत्पादन गरेको खोप २० लाख मात्रा खरिदको निम्ति नेपाल सरकारले गत वर्ष नै रकम भुक्तानी गरेको थियो ।

गत फागुनमा १० लाख खोप पठाए पनि भारतले अझै बाँकी १० लाख खोप नेपाललाई दिएको छैन । तर त्यस वापतको लाखौ डलर अघिल्लै वर्ष भुक्तानी भइसकेको छ ।

टिप्पणीहरू