नयाँ दिल्लीमा पेट्रोलियम पदार्थको भाउ घट्दै, काठमाडौंमा के होला ?

नयाँ दिल्लीमा पेट्रोलियम पदार्थको भाउ घट्दै, काठमाडौंमा के होला ?

विश्व बजार नै अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा परेको छ । केही महिना यता लगातार बढिरहेको पेट्रोलियम पदार्थको आकाशिएको मूल्यले विश्वबजार नै शिथिल र डाँँवाडोल बनाइदिएको छ । त्यसैलाई ध्यानमा राखेर भारत सरकारले आज रातिदेखि पेट्रोलियम पदार्थको भाउ घटाउन लागेको हो ।

भारतको नयाँ दिल्ली सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा लगाइएको मूल्यअभिवृद्धि कर (भ्याट) मध्ये प्रतिलिटर ८ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

सरकारले लिने भ्याट घटाउँदा यसको प्रत्यक्ष लाभ जनताले लिन सक्ने बताइएको छ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्छ । आज बसेको दिल्ली सरकार मन्त्रिपरिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै स्वतः प्रतिलिटर ८ रुपैयाँ मूल्य घट्ने भएको हो ।

दिल्ली सरकारले पेट्रोलमा लाग्दै आएको भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९ दशमलब ४ प्रतिशतमा झारेको छ । घटेको मूल्य आज मध्यरातबाट लागू हुँदै छ । नेपालमा केही दिन अघि बढाइएको पेट्रोलियम पदार्थको भाउ पुनः बढ्ने अवस्थामा छ ।

टिप्पणीहरू