आज तीन जना बिते, ३ सयबढी संक्रमित

आज तीन जना बिते, ३ सयबढी संक्रमित

आज कोरोना संक्रमणको कारण तीन जनाको निधन भएको छ । तीन सय १६ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार सात सय २७ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुई सय ५९ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै छ हजार नौ सय ५४ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय २९ पुगेको छ । हाल काठमाडौंमा छ सय ६८ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ७६ र ललितपुरमा पाँच सय ५९ जना संक्रमित छन् ।

टिप्पणीहरू