झापामा समाजवादीको नगर कमिटी गठन

झापामा समाजवादीको नगर कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले झापामा अर्जुनधारा नगर कमिटी गठन गरेको छ । अर्जुन मेचेको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन भएको हो । साथै मनोज खनालको अध्यक्षतामा युवा संघ नेपाल गठन गरिएको छ ।

दुबै कमिटी गठन कार्यक्रम केन्द्रीय सदस्य तथा झापा सह–इञ्चार्ज लोकबन्धु कन्दङ्वाको प्रमुख आतिथ्य र पुराना किसान नेता देवी बरालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन अग्रज कम्युनिष्ट नेता अम्बिका खतिवडाले र युवा नेता होम दुलालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा खेलकुद महासंघका केन्द्रीय सदस्य धर्म सिवाकोटी, युवा संघ नेपालका केन्द्रीय सचिव प्रत्युष राना, झापा पार्टी अध्यक्ष वेदराज रेग्मी, पार्टी नेता प्रेमसागर सापकोटा, प्रचार विभाग प्रमुख तथा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, युवा संघ केन्द्रीय सदस्य दुर्गा थापा र बिर्तामोड नगरका अध्यक्ष श्री सिटौलाको आतिथ्यता रहेको थियो ।

नगर कमिटीका पदाधिकारी र सदस्यलाई पार्टी अध्यक्ष वेदराज रेग्मीले र युवा संघका पदाधिकारी तथा सदस्यलाई केन्द्रीय सदस्य दिपक दुलालले सपथग्रहण गराउनुभएको थियो ।

टिप्पणीहरू