नेपाल आउनेको संख्या बढ्यो

नेपाल आउनेको संख्या बढ्यो

यो वर्षको पछिल्लो ११ महिनामा हवाइमार्ग हुँदै नेपालमा एक लाखभन्दा धेरै पर्यटक भित्रिएका छन् । सन् २०२१ को जनवरी यता १ लाख २६ हजार २ सय ८३ जना पर्यटक आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६ र मार्च महिनामा १४ हजार ९ सय ७७ जना पर्यटक नेपाल आएको देखिन्छ ।

यस्तै अप्रिलमा २२ हजार ४ सय ५०, मे महिनामा १ हजार ४ सय ६८, जुनमा १ हजार १ सय ४३,जुलाईमा २ हजार ९ सय ९१,अगष्टमा ५ हजार ९ सय १७, सेप्टेम्बरमा ९ हजार ८ सय ९८,अक्टोबरमा २३ हजार २ सय ८४ र नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटन भित्रिएका हुन् ।

नोभेम्बर महिनामा मुलकबाट कूल २६ हजार ४ सय ८७ पर्यटक बाहिरिएका छन् । कोभिड पूर्व सन् २०१९ मा १ लाख ३० हजार ३ सय २ जना हवाइमार्ग हुँदै नेपाल भित्रिँदा सन् २०२० मा अहिलेसम्मकै कम १ हजार ९ सय ५६ जना मात्र नेपाल घुम्न आएका थिए ।

टिप्पणीहरू