लागूऔषधसहित युवक पक्राउ

लागूऔषधसहित युवक पक्राउ

प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा लागूऔषधका कारोबारीको आशंकामा आज बिहान एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको धरान उप–महानगरपालिका १५ का २१ वर्षीय विशाल खड्का हुन् । उनलाई बिराटनगर महानगरपालिका–१५, बाट लागूऔषधसहित पक्राउ गरिएको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरको टोलीले उनको साथबाट लुपिजेसिक २०, डाईजाल्याब १०, एभिल २, फेनारगन १० र डाईजोपाम १० एम्पुल, नाइट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ ।

पक्राउ परेका खड्काविरुद्ध इलाका प्रहरी कार्यालय, रानीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

भरुवा बन्दुकसहित एक पक्राउ

अवैधरुपमा बन्दुक राखेको आरोपमा प्रहरीले संखुवासभाको पाँचखपन नगरपालिका–५, खमारेबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने स्थानीय ५६ वर्षीय रामबहादुर राई हुन् ।

प्रहरीले विशेष सुराकीको आधारमा राईको घरमा खानतलासी गर्दा गोठमा परालले छोपेर लुकाई राखेको एक थान भरुवा बन्दुक फेला पारेको हो ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, संखुवासभाले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू