काठमाडौंको एड्स दिवस सिन्ह्वाको समाचारमा

काठमाडौंको एड्स दिवस सिन्ह्वाको समाचारमा

काठमाडौंमा विश्व एड्स दिवसको सचेतना अभियानका क्रममा नेपाली स्वयंसेवकहरूले मैनबत्ती बालेका छन् । उनीहरुले आज मनाईंदै गरिएको ३४ औं विश्व एड्स दिवसको उपलक्ष्यमा हिजो मैनबत्ती बालेका हुन् ।

उनीहरुले रातो रिबन आकारको एड्स चिन्हको आकृतिमा बनाइएको मैनबत्ती बालेका हुन् । राजधानी काठमाडौंमा हिजो साँझ गरिएको दीप प्रज्वलनलाई चिनियाँ समाचार समिति सिन्ह्वाले आफ्नो समाचार बुलेटिनमा प्रकाशित गरेको छ ।हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाउने गरिन्छ । आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरेर उक्त दिवस मनाईंदैछ । सन् ९० को दशकमा डरलाग्दो संक्रामक रोगको रुपमा फैलिएको एड्स र एड्स दिवस गत वर्ष र यो वर्ष कोरोना महामारीका कारण ओझेलमा परेको छ ।

-श्राेत सिन्ह्वा

टिप्पणीहरू