पर्यटनमन्त्री आले यात्रुवाहक बसमा सरर

पर्यटनमन्त्री आले यात्रुवाहक बसमा सरर

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका यात्रुलाई लक्षित गरेर नागरिक उड्ययन प्राधिकरणले आजदेखि नि:शुल्क बस सेवा संचालनमा ल्याएको छ । विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवाको औपचारिक शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अरू यात्रुसँगै यात्रा गर्नुभएको छ । उहाँले अन्य यात्रुजस्तै माइक्रोबसमा कोचिएर यात्रा गर्नुभएको हो ।

यात्रुले भरिएको माइक्रो बसमा कोचिएर मन्त्री आले विमानस्थलको गोल्डेन गेटको टर्मिनल पुगेर झर्नुभएको थियो ।

विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । नि:शुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

टिप्पणीहरू