चार जनालाई चक्कु रोपेर भागेका दुई भाइ बुटवलबाट समातिए

चार जनालाई चक्कु रोपेर भागेका दुई भाइ बुटवलबाट समातिए

चार जनालाई धारिलो हतियार प्रहार गरि भागेका दुई जना समातिएका छन् । कास्कीको पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुरुङ र हनुमान टोल बस्ने २५ वर्षीय छावा भन्ने सुशिल कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले तिहारको समयमा पोखरा महानगरपालिका–१७ महतगौडामा भएको झै–झगडामा चार जना व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाई फरार भएका थिए । घटनामा संलग्नमध्ये गुरुङलाई कात्तिक २९ गते र कार्कीलाई मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीको सहयोगमा बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू उपर ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ३ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

टिप्पणीहरू