विद्यालयका कर्मचारीको तलब तोकियो

विद्यालयका कर्मचारीको तलब तोकियो

मेलम्ची नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्युनतम तलब तोकेको छ । अधिकांश स्थानीय तहले पारिश्रमिक नदिएको भन्दै शिक्षक र कर्मचारीहरु आन्दोलित भैरहेका बेला मेलम्चीले भने तलब तोकेको हो ।

मेलम्ची नगर कार्यपालिकाले संघीय सरकारबाट प्राप्त रकममा नगरपालिकाका तफर्बाट थप गरेर शिक्षक र विद्यालयका कर्मचारीहरुको मासिक तलब व्यवस्थापन गरेको बताएको छ । जसअनुसार विद्यालय सहायक कर्मचारीका लागि मासिक १७ हजार तोकिएको छ ।

नगरपालिकाका अनुसार प्रारम्भिक बाल विकास सहजकर्ता र नगरपालिकाबाट नियक्त भएका प्ररम्भिक बाल विकास सहजकर्ताका लागि समान १५ हजार, कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयका विद्यालय सहयोगीलाई १२ हजार र कक्षा १ देखि १२ सम्मको पढाइ हुने विद्यालयका विद्यालय सहयोगीलाई मासिक १४ हजार पाँच सय तलब तोकिएको छ ।

टिप्पणीहरू