गोलाबाट तोकिए १० इजलास

गोलाबाट तोकिए १० इजलास

सर्वोच्च अदालतको ७० वर्ष लामो इतिहास आजबाट ब्रेक भएको छ । आजबाट मुद्दाको पेसी तोक्ने प्रक्रियामा सर्वोच्च नयाँ चरणमा प्रवेश गरेको हो ।

यसअघि मुद्दाको इजलास तोक्ने तजबिजी अधिकार प्रधानन्यायधीशमा सीमित रहेकोमा सो अधिकार अब कटौती भएको छ । आज गोलाप्रथाबाट १० वटा इजलास तोकिएको छ ।

कोभिड संक्रमण कारण बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना हुनुभएका प्रधानन्यायधीश राणाले हिजो तोक्नुभएको इजलास उहाँले आफ्नो अधिकार प्रयोग गर्दै तोकिएको अन्तिम इजलास भएको छ ।

अब प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार पनि कटौती भएको छ । झण्डै ७ दशक अघिदेखि पेसी व्यवस्थापनको अधिकार प्रधानन्यायाधीशमा निहित रहँदै आएकोमा प्रधानन्यायधीशको सो अधिकार कटौती गरी स्वचालित पेसी व्यवस्थापनमा प्रणालीमा सर्वोच्च अदालत प्रवेश गरेको हो ।

नयाँ प्रणालीअनुसार थैलीबाट गोटी निकालेर इजलास र पेसी तोकिएको छ ।

टिप्पणीहरू