आजदेखि काँग्रेस मुख्यालय खाली

आजदेखि काँग्रेस मुख्यालय खाली

नेपाली काँग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले गर्दै आएको अनशन आजदेखि रोकिएको छ । डडेल्धुरामा गरिएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालय, सानेपामा गरिएको अनशन स्थगित भएको हो ।

काँग्रेस उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरिएको बताइएको छ । नेपाली काँग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, अवैधानिक वडा,पालिका अधिवेशन बदर गरी अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने माग गर्दै मंसिर १ गतेदेखि अनशन थालेका थिए ।

अनशनकारीहरुको माग सम्बोधन गर्ने वचन दिएपछि अनशन तोडिएको काँग्रेस डडेल्धुरा सभापति मल्लले जानकारी दिएका छन् ।

उपसभापति निधिले पनि डडेल्धुराको सम्बन्धमा परेको उजुरी छानबिन नगरी वडा÷पालिकाहरुको अधिवेशन गरिनु गम्भीर गल्ति भएको उल्लेख गर्दै डडेल्धुरा नेता कार्यकर्ताहरुको माग र आग्रहप्रति आफ्नो ऐक्यबद्धता रहेको जानकारी गराउनुभएको छ ।

टिप्पणीहरू