लोकतान्त्रिक आचरणविरुद्धको गतिबिधि हुनसक्ने काँग्रेस सभापतिको आशंका

लोकतान्त्रिक आचरणविरुद्धको गतिबिधि हुनसक्ने काँग्रेस सभापतिको आशंका

नेपाली काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले पार्टीको आन्तरिक निर्वाचनमा लोकतान्त्रिक आचरणविरुद्ध हुने गतिबिधिप्रति सचेत रहन पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै रेग्मीले आन्तरिक निर्वाचनमा लोकतान्त्रिक आचरणविरुद्ध हुने आर्थिक चलखेल, गुण्डागर्दी र अराजक गतिबिधिजस्ता क्रियाकलापले पार्टी संगठन र कार्यकर्तालाई संगठित होइन, द्वेष र बदलाको भाव उत्पन्न गराउने उल्लेख गरेका छन् ।

उनले यस्ता गतिबिधिविरुद्ध पार्टीका शीर्ष नेतृत्वले गम्भीर मनन् गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् । लोकतन्त्रको आधारको रुपमा रहेको पार्टीको आन्तरिक निर्वाचन पार्टी सुदृढीकरणको महत्वपूर्ण चरण भएको रेग्मीले उल्लेख गरेका छन् ।

विज्ञप्तिमा पार्टीभित्र आन्तरिक लोकतन्त्र, आपसी एकता, सद्भाव र सम्बन्धको दायरालाई मजबुत बनाउन सहयोग पुग्ने भए पनि लोकतान्त्रिक आचरण विपरितका गतिबिधिहरुले एकता होइन बदलाको भाव आउन सक्ने हुँदा त्यसतर्फ सजग रहन विज्ञप्तिमा अपिल गरिएको छ ।

टिप्पणीहरू