नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्ने सरकारको प्रयास

नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्ने सरकारको प्रयास

आजको मन्त्रिपरिषद् बैठकले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भएको मुलुकबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धि आदेश जारी गरेको छ । धेरै वटा देशले उक्त भाइरसबाट जोगिन सावधानी अपनाएको सम्बन्धमा नेपाल सरकारले हिजोको मन्त्रीपरिषद् बैठकबाट उक्त आदेश जारी गरेको हो ।

सरकारले मंसिर २३ र २४ गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिबाट भर्चुअल रुपमा आयोजना हुन लागेको लोकतन्त्र सम्बन्धि शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गरेको छ ।

हिजोको मन्त्रिपरिषद् बैठकले आर्थिक वृद्धि तथा उत्थनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० अर्ब ३९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सरकारका प्रवक्ताले आज आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिनुभएको हो ।

त्यसैगरी नेपाल विद्युत प्राधिकरण कृष्णनगर चन्द्रौटा प्रशाखा कार्यालय भवन निर्माणको लागि आवश्यक जग्गा प्राप्ति गर्न स्वीकृत प्रदान गरेको छ । राष्ट्रसंघीय विकास कार्यक्रमसँग सम्पन्न भएको स्टान्डर बेसीस एसिस्टेनस् एग्रीमेन्ट लागू गर्न परराष्ट्र मन्त्रालयबाट संयुक्त राष्ट्रसंघलाई कुटनीतिक नोट पठाउन समेत सरकारले स्विकृति प्रदान गरेको छ ।

हिजोको बैठकले हेलेज प्रशोधित घाँसको व्यवसायिक उत्पादन गरी चीन निर्यात गर्ने उद्देश्यले नेपाल र चीनबीच सम्झौताका लागि तयार परिएको प्रोटोकल पनि स्विकृति प्रदान गरेको छ ।

चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सातौं संशोधन नियमावली २०७८, रेडियो सञ्चार लाइसेन्स पाँचौ संशोधन नियमावली, २०७८ र प्रहरी नवौ संशोधन नियमावली २०७८ समेत मन्त्रीपरिषद्को बैठकले स्विकृति गरेको छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/11/paper.pdf”]

टिप्पणीहरू